बाग्मती प्रदेशमा सार्वजनिक सवारी भाडा बढ्याे


काठमाडाैं – बाग्मती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ । बढेको भाडादर बाग्मती प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको छ ।

भाडा वृद्धिपछि पनि काठमाडाैं उपत्यकामा सुरुको भाडादर अर्थात् पाँच किलोमिटरसम्मको २० रुपैयाँ नै कायम रहेको छ । त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ बाट बढेर २७ रुपैयाँ पुगेको छ ।

१५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ ।

उपत्यकाबाहिर बाग्मती प्रदेशका क्षेत्रमा यसअघिको भाडामा आठ दशमलव ३९ प्रतिशतले बढेको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया