एआईजी मुकुन्दराज आचार्य चढेकाे सवारी दुर्घटना


काठमाडाैं – एआईजी मुकुन्दराज आचार्य चढेकाे सवारी दुर्घटनामा परेको छ ।

बाराको कोहल्वीमा एआईजी आचार्य सवार बा अ ७४७३ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा एआईजी आचार्यसहित अन्य सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।

गाडीमा ब्रेक जाम भएकाले दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया