गुर्जेभञ्ज्याङमा पहिरो, टोखा–छहरे सडकखण्ड अवरुद्ध


काठमाडौं – नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ ।

बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा काठमाण्डौ–नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन् । अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया