सुत्केरीको हेलिकाेप्टरबाट उद्धार


सिन्धुपाल्चाेक – हेलम्बु गाउँपालिकाकी एक सुत्केरीको हेलिकाेप्टरबाट उद्धार गरिएको छ। सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि हेलम्बु-५ गोल्फु भञ्ज्याङकी २६ वर्षीया माया तामाङको आज हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष दीपकुमार तामाङले बताए।

उनका अनुसार स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भएपछि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलिकप्टर बोलाएर सुत्केरी महिलालाई काठमाडौँ पठाएका हुन।

उनीसँगै हेलम्बु–५ कै अर्का एक हात भाँचिएका बिरामी माइली तामाङलाई पनि सोही हेलिकाेप्टरमार्फत काठमाडौं पठाइएको छ। बाढीका कारण मोटरबाटो अवरुद्ध भएपछि हेलिकाेप्टरबाट बिरामीको उद्धार गरिएको हो।

प्रतिक्रिया