कञ्चनपुरमा ट्रयाक्टर दुर्घटनामा परी २१ घाइते, चारको अवस्था गम्भीर


कञ्चनपुर- कञ्चनपुरको पुनर्वासमा ट्याक्टर दुर्घटना हुँदा २१ जना घाईते भएका छन। बेलौरी नगरपालिका अन्तर्गत भकुण्डाबाट पिक्निक खाएर फर्किदै गरेको से १ त ६५०६ नम्बरको ट्याक्टर पुनर्वासको वडा नम्बर २ स्थित बेलौरी धनगढी सडक खण्डमा पर्ने कान्छी बजार नजिक पैसठ्ठी बिघा चोकमा दुर्घटना भएको थियो।

दुर्घटनामा परी पुनर्वास नगरपालिका वार्ड नं २ सिम्रीका चार जनाको अवस्था गम्भीर रहेको र अन्य १७ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ । गम्भीर घाईते भएका चारै जनालाई उपचारका लागि धनगढी पठाईएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले जानकारी दिए।

दुर्घटना परी १४ बर्षिय जीवन खड्का, १७ बर्षिया कल्पना खाती, २२ बर्षिया शान्ति बोगटी र १५ बर्षिया सुनिता सुनार गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

सामान्य घाईते भएकाहरूको आईबिआरडी स्थित पुनर्वास पोलिक्लिनक र पुनित मेडिकलमा उपचार भईरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया