चीनले भुटान नजिक गाउँ बनाएपछि आत्तियो भारत


काठमाडाैं – चीनले डोक्लमबाट नौ किलोमिटर पर अमो चु उपत्यकामा गाउँ बनाएको भूउपग्रहीय तस्वीरबाट खुलासा भएको छ । भुटानी क्षेत्रमा पर्ने यस गाउँको नाम चीनले पांगडा राखेको दैनिक भास्करले लेखेको छ ।

गाउँ निर्माण भइरहेको तस्वीर सन् २०१९ को नोभेम्बर महिनामा सार्वजनिक भएको थियो । अहिले यो गाउँ भरिभराउ भएको छ । लगभग हरेक घरअगाडि कार देखिन्छ । पांगडा नजिक सबै मौसममा चल्ने सडक छ ।

यो सडक अमो चु नदीको किनारमा बनाइएको छ । भुटानको सीमाको १० किलोमिटर भित्र यो सडक रहेको बताइन्छ । सन् २०१७ मा डोक्लाम क्षेत्रमा भारतीय र चिनियाँ सैनिकहरू आमनेसामने भएका थिए । चीनले भुटानमा गाउँ बनाएपछि सिक्किममा रहेका भारतीय सुरक्षाबलहरूको चिन्ता बढेको छ ।

यस गाउँले भारतको सुरक्षामा असर पार्ने पक्का छ किनकि अमो चु नजिक संरचना निर्माण मार्फत चिनियाँ सेना रणनीतिक रूपमा महत्त्वपूर्ण डोक्लमसम्म सजिलै पुग्छ । त्यहाँबाट संवेदनशील सिलिगुडी कोरिडोर अर्थात् चिकेन नेक नजिकै छ । त्यही कोरिडोरमार्फत भारतको मुख्यभूमि पूर्वोत्तरका सात राज्यसँग जोडिन्छ । एजेन्सी

प्रतिक्रिया