कोरियामा कोरोना संक्रमित संख्या बढ्दै, एकैदिन थप ७६ हजारमा संक्रमण


सोल – दक्षिण कोरियामा बितेका २४ घण्टामा  ७६ हजार चारसय दुईजना  कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना  सङ्क्रमितको सङ्ख्या  एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँचसय ८२ सङ्क्रमित फेला परेका थिए ।

गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या  ९६ पुगेको छ । सङ्क्रमणबाट मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ७७ले यो महारोगबाट ज्यान गुमाइसकेका छन्

प्रतिक्रिया