
आज संसदीय विशेष छानबिन समितिले जनार्दन शर्मासँग बयान लिने
काठमाडौँ- संसदीय विशेष छानबिन समितिले आज बुधबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बयान लिने भएको छ। चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्नताको आरोप लागेपछि असार २८ गते समिति गठन गरिएको थियो।
अहिलेसम्म समितिले अर्थमन्त्रालयका दुई सचिवसहित १० जना उच्च अधिकारीसँग बयान लिइसकेको छ। बयानमा शर्मामाथि लागेको आरोप पुष्टि हुने आधार फेला परेको छैन।
समितिले बजेट आउनुभन्दा अघिल्लो दिन जेठ १४ गतेको सीसीटिभी फुटेज नभेटिएपछि हार्डडिक्स नै माग गरेको छ। आजको बैठकले नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेको छ।



कागजपत्र |
