
दुई सञ्चारमाध्यमविरुद्ध मेयर बालेनले दिए प्रेस काउन्सिलमा उजुरी
काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दुई सञ्चारमाध्यमविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।
विभिन्न मितिमा प्रकाशित समाचारलाई आधार बनाएर महानगर प्रमुख बालेनले नेपाल समाचार पत्र र हिमालय टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।
२०७९/८० को बजेट, नीति तथा कार्यक्रमका सन्दर्भमा एक तर्फी रुपमा केही समाचारहरु प्रकाशित गरेकोले ती सञ्चारमाध्यमविरुद्ध उजुरी दिएको जनाइएको छ ।




कागजपत्र |
