
‘देउवासँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा छौं’
दाङ – प्रचण्ड–नेपाल समूह नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रचण्ड जस्तो इमान्दर नेता छैनन् भनेर प्रशंसा गरेका छन् । शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले केपी ओलीमा कुनै नैतिकता नभएको भन्दै व्यवहारमा प्रचण्डजस्तो इमान्दार नेता अरु कोही नभएको बताएका हुन् ।
‘प्रचण्ड जस्तो व्यवहारमा इमान्दार कोही छैनन् । केपी ओलीमा नैतिकता छैन । अहमता र तानाशाह प्रवृत्ति छ’, नेपालले कार्यक्रममा बोल्दै भने, ‘प्रचण्ड र मप्रति अविस्वास सिर्जना र भ्रम छर्ने काम केपी ओली गुटले प्रयास गरिरहेको छ । दुई–चारजना चोइटिएर जाँदैमा कुनै असर पर्दैन ।’
संसद विघटनको चारैतिर विरोध भएपछि ओली सबैतिरबाट एक्लिदै गएको र अब विपक्षी दलका सभापति शेरबहादुर देउवासँग मिलेर आफुहरूले संयुक्त आन्दोलन गर्ने तयारी गरिरहेको पनि उनले बताए ।
‘विध्वंसको अर्को नाम केपी ओलि हो’, उनले भने, ‘देउवासँगको भेटपछि अब कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा छौँ ।’
ओलीलाई जनताले साथ नदिने भन्दै मुल पार्टी आफूहररू भएकाले पार्टीको चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न उनले चेतावानी दिए ।



कागजपत्र |
