
आजको मौसम : देशभर बदली
काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। अहिले प्रदेश नम्बर–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै र कर्णाली प्रदेशका एक/दुई स्थानमामा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको महाशाखाले उल्लेख गरेको छ। आज दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै र बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।



कागजपत्र |
