स्वदेश फर्किए प्रचण्ड, भन्छन्-मोदीसँग भेट नभएकोमा कुनै ‘टेन्सन’ छैन


काठमाडाैं – तीनदिने भारत भ्रमण सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।  भारतका प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेटवार्ता गर्ने भनेर तालिका बने पनि अन्तिम समयमा प्रचण्डले माेदीलाई भेट गर्न पाएनन् ।

उनी प्रधानमन्त्री नरेन्द्र मोदीलाई नभेटी स्वदेश फर्किएका हुन् । यसपटक प्रचण्डले भारतीय सरकारको तर्फबाट विदेशमन्त्री एस जयशंकरसँग मात्र भेट गर्न पाए भने मोदीका सुरक्षा सल्लाहकार अजित डोबालसँग पनि प्रचण्डको भेटवार्ता भएको थियाे

भ्रमणकाे अन्तिम दिन आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका थिए ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि थाहा नभएको बताएका छन् । साथै उनले मोदीसँग भेट नभएकोमा कुनै टेन्सन नभएको पनि बताए ।

उनले आफ्नो तीन दिनको भारत भ्रमण सफल भएको दाबी गरेका छन् । भ्रमण आफूले सोचेभन्दा राम्रो भएको भन्दै उनले विमानस्थलमा भारतीय जनता पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिन आएको र उनले भारतमा आफ्नो न्यानो स्वागत भएको बताए ।

प्रतिक्रिया