बिरामी बच्चाको जीवन समाप्त पार्न चिकित्सकलाई अनुमति !


नेदरल्याण्ड(एजेन्सी)– यहाँको डच सरकारले सामान्य रुपले बिरामी बच्चाको जीवन समाप्त पार्नका लागि डाक्टरलाई अनुमति दिएको छ । अब डाक्टरले आफ्ना कारण समस्या नआओस् भनेर सुरक्षित किसिमले बिरामी बच्चा मार्न पाउनेछन् । सरकारको यो निर्णयले चिकित्सा क्षेत्रमा यस किसिमको मृत्युबारे बहस शुरु भएको  छ ।

त्यसो त नेदरल्याण्ड सरकार पहिलेदेखि नै चिकित्सा सहायताबाट यस्ता मानिसलाई मृत्यु दिने पक्षमा थियो । जो व्यक्ति निकै गम्भीर रुपमा बिरामी छ र त्यो व्यक्ति ठिक हुन सक्ने सम्भावना न्यून भएको अवस्थामा चिकित्सकले उसको जीवन अन्त्य गर्न सक्ने सरकारको निर्णय थियो । सामान्यतया १२ वर्ष भन्दा कम उमेरका बच्चालाई चिकित्सा सहायताबाट मृत्यु गराउने निर्णयमा सरकार पुगेको हो । यो कार्यक्रम आमाबाबुको अनिवार्य सहमति चाहिने सरकारले जनाएको छ ।

गत मंगलबार संसदमा लेखेको एक पत्रमा डच स्वास्थ्य मन्त्री ह्युगो डी जोंगले एक र १२ वर्षका बच्चाको आयु सहभागी गराउनका लागि कानूनको विस्तार गर्ने प्रस्ताव राखेका थिए । ‘केही बच्चा निकै गम्भीर बिरामी हुन्छन् । जसमा कुनै किसिमको सुधार हुने सम्भावना पनि हुन्नँ । उनीहरु अनावश्यक रुपले पीडित हुन्छन् । हरेक वर्ष यस्ता करिब ५ देखि १० बच्चा प्रभावित छन् । नेदरल्याण्डका डाक्टरले यदी १ देखि १२ वर्षको बच्चालाई कुनै पनि किसिमको उपचार गर्न सम्भव नभएपछि यहाँ ती बच्चाको जीवन समाप्त पार्दा अपराध ठहरिन्छ । किनकी कानूनमा ती बच्चाका लागि कुनै प्रावधान थिएन । जसमा कम उमेर हुने आशंका थियो’, ह्युगोको पत्रमा उल्लेख छ ।

वर्तमान कानून अनुसार एक डाक्टर एक सालभन्दा कम उमेरका बच्चाको जीवनलाई समाप्त गर्न सक्छ । तर उसका लागि बच्चाको आमाबाबुको सहमति आवश्यक पर्छ । कानून अनुसार यदी कोही बच्चा असहनीय र निराशाजनक पीडामा छ भने उसलाई यो कानूनको प्रयोग गरेर जीवन समाप्त पारिनेछ । मन्त्रीका अनुसार लक्जमबर्ग, बेल्जियम र स्वीटरल्याण्डले चिकित्सक सहायता प्राप्त मृत्युको अनुमति दिएको छ । यद्यपि यी देशको कानून भने भिन्न छन् ।

प्रतिक्रिया