

नेपाल टेलिकमको सेवा दस्तुर ३ प्रतिशत घट्याे

टेलिकम कार्यालयका अनुसार हाल उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महशुलमा समेत यसअघि लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ।
यसैगरी साउन १ देखि समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिएका छन् ।

