
बढेको तलब आजदेखि लागू, कुन तहको कर्मचारको कति?
काठमाडौँ- आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै १५ प्रतिशतले बढेको निजामती कर्मचारीको तलब कार्यान्वयनमा आएको छ। आर्थिक वर्ष २०७९–८० को बजेट भाषणमा निजामती कर्मचारीको १५ प्रतिशतले वृद्धि भएको थियो।
सरकारले महँगी भत्तालाई पनि निरन्तरता दिइएको थियो। वृद्धि भएको तलब साउन १ गतेदेखि लागू भएको हो। निजामती कर्मचारीसहित सेना, प्रहरी, शिक्षक, सरकारी स्वामित्वमा रहेका संस्थानका कर्मचारी यसबाट लाभान्वित हुने छन्।
मुख्यसचिवको हालको तलब ६७,१४० छ भने बढेपछि ७७, २११
सचिवको हालको तलब ६२,६८० छ भने बढेपछि ७३,०८२
सहसचिवको हालको तलब ४९,३८० छ भने बढेपछि ५६,७८७
उपसचिवको हालको तलब ४२,३८० छ भने बढेपछि ४८,७३७
शाखा अधिकृतको हालको तलब ३७९९० छ भने बढेपछि ४३,५८९
नायब सुब्बाको हालको तलब ३०,२०० छ भने बढेपछि ३४,७३०
खरिदारको हालको तलब २८,६१० छ भने बढेपछि ३२,९०२
मुखियाको हालको तलब २४,०१० छ भने बढेपछि २७,६१२



कागजपत्र |
