लेवान्डोस्कीलाई भित्र्याउँदै बार्सिलोना


काठमाडौँ- बार्सिलोनाले पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई भित्र्याउने तयारी गरेको छ। बार्सिलोनाले ३३ वर्षीय लेवान्डोस्कीलाई क्लबमा ल्याउन बार्यन म्युनिखसँग सैद्धान्तिक सम्झौता गरिसकेको बीबीसीले उल्लेख गरेको छ।

गत महिना लेवान्डोस्कीले पनि आफू क्लब छाड्न चाहेको बताएका थिए। गत सिजनमा लेवान्डोस्कीले बार्यनका लागि ४६ खेलमा ५० गोल गरेका थिए। उनको प्रदर्शनको सहयोगमा बार्यनले लगातार १० औं पटक बुन्डेसलिगाको उपाधि जितेको थियो।

बार्सिलोनाले अहिले उनको मेडिकल र सम्झौतामा हस्ताक्षरको प्रक्रिया चलिरहेको बताएको छ।

प्रतिक्रिया