

हावाहुरीले विद्यालयकाे जस्तापाता उडायो, शिक्षकलाई पठनपाठन राेकिने चिन्ता

बझाङ – बझाङको थलारा गाउँपालिका-२ मा एक विद्यालयको छाना हावाहुरी उडाएको छ । शुक्रबार थलारा गाउँपालिका ( २ बगाडामा रहेको खापरदेव आधारभूत विद्यालयको छाना हावाहुरी उडाएको हो ।
बेलुकी ४ बजेतिर आएको हावाहुरीले उक्त विद्यालयको कक्षा ३ र ४ बस्ने भवनको जस्तापाता हावाहुरीले उडाएको प्रधानाध्यापक कृपाराम जोशीले जानकारी दिए । त्यस्तै कक्षा ५ बस्ने भवन अफिस कार्यालयको भवनका जस्तापातामा पनि हावाहुरीले क्षति पुर्याएको छ ,प्रधानाध्यापक जोशीले भने ।
अहिले बर्खेविदा भनेर थलारा गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरू बन्दगरिएका छन् । हावाहुरीले विद्यालयका जस्तापाता उडाइ लगेपछि शिक्षकहरू चिन्तित भएका छन् । विद्यालय अब छिट्टै सञ्चालन हुँदैछ कसरी पठनपाठन गराउने भन्ने बिषयमा आफूहरू चिन्ता लागेको त्यहाँ कार्यरत शिक्षकहरूले बताउने गरेका छन् ।
बर्खाको समयमा बाहिर बसेर पठनपाठन गराउन सक्ने अवस्था छैन , भवन नहुँदा कक्षा ३, ४ का विद्यार्थीलाई समस्या हुने उनीहरूको भनाइ रहेको छ ।
हावाहुरीका कारणले विद्यालयमा २ लाख भन्दा बढीको क्षति भएको प्रधानाध्यापक जोशीले बताए । कक्षा ८ सम्म बढाई हुने उक्त विद्यालयमा २सय ६८ भन्दाबढी विद्यार्थी अध्यनरत छन् ।

