डुबानमा परेकालाई उद्धार गर्न प्रदेश प्रहरीलाई सवारी साधनसहितका सामग्री प्रदान


जनकपुरधाम – मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई सवारीसधान र बाढी तथा डुबानमा परेकालाई उद्धार गर्न विभिन्न सामग्रीहरु सहयोग गरेको छ । प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले शुक्रवार बिहान मधेश प्रदेश प्रहरी कार्यालयलाई ९ वटा भ्यान, २९ वटा मोटरसाईकलसहितका सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी बाढी डुबानमा परेकाहरुको उद्धारका लागि मोटर बोट र जेनरल बोट, टेन्ट र त्रिपालसहितका सामग्री प्रदान गरिएको छ ।

प्रदेशका गृह तथा सञ्चारमन्त्री भारत साहले मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी मकसुद आलम खाँलाई उक्त समाग्री हस्तान्तरण गरका थिए । गृह तथा सञ्चार मन्त्रालयका अनुसार ९ वटा भ्यान २ करोड ८५ लाख ६५ हजार र १२५ सीसीका २९ वटा मोटरसाईकल ५६ लाख ५१ हजारमा खरिद गरिएको छ । त्यसैगरी बाढी तथा डुबानजस्ता विपदमा उद्धारका लागि बोटसहितको उद्धार सामग्री १ करोड ७४ लाख १० हजार ५८८ रुपैयाँमा खरिद गरिएको मन्त्रालयले जनाएको छ ।

मधेश प्रदेश प्रहरीलाई शान्ति सुरक्षालाई प्रभावकारी बनाई आम प्रदेशवासीको जनधनको रक्षाको तथा समाजमा शान्ति सुरक्षा कायम गर्न उक्त सामग्री प्रदान गरिएको मन्त्री साहले बताए । अगामी निर्वाचनलाई मध्यनजर गरेर ती सामग्री प्रदान गरिएको उनले बताए ।

प्रतिक्रिया