अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो


काठमाडौं – कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ५६ जनाको मृत्यु भएसँगै हालसम्म अमेरिकामा मात्र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख १ हजार ८ सढ १० पुगेको हो ।

त्यस्तै अमेरिकामा पछिल्लो २४ घन्टामा २ लाख ४५ हजार ७८६ नयाँ संक्रमित थपिएसँगै हालसम्म २ करोड ४१ लाख १३५ जना संक्रमित पुगेका छन् । त्यस्तै हालसम्म १ करोड ४२ लाख २६ हजार ४७६ जना कोरोना मुक्त भइसकेका छन् भने अहिलेको अवस्थामा ९४ लाख ७१ हजार ८४९ जना सक्रिय संक्रमित रहेका छन् ।

चीनको बुहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्मको अवस्था हेर्दा अमेरिका सबैभन्दा प्रभावित बनेको मुलुक बनेको छ । पछिल्ला दिनमा संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या दैनिक बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घन्टामा विश्वभर ७ लाख ५८ हजार ४४३ नयाँ संक्रमित थपिए भने १४ हजार ७६१ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वमा ९ करोड ७२ लाख ८० हजार ९८१ संक्रमित पुगेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० लाख १६ हजार ५७९ पुगेको छ । ती मध्ये ६ करोड ७३ लाख २२ हजार ६०६ जना कोरोनामुक्त भइसकेका छन् भने २ करोड ४९ लाख ४१ हजार ७९६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया