प्रचण्ड आज भारत जाँदै


काठमाडौं- सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन्। उनी तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन्।

प्रचण्ड दिउँसो १ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डाले भ्रमणको औपचारिक निम्तो दिएका थिए।

प्रचण्ड आउँदो आइतबार स्वदेश फर्कने भ्रमण तालिका छ।

 

प्रतिक्रिया