पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन आईएमएफ सहमत, तत्कालको सङ्कट टर्ने


इस्लामावाद – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन सहमत भएको छ । आईएमएफसँग ६ अर्ब डलरको ऋण सम्झौतामा हस्ताक्षर भएकाले पाकिस्तानले पहिलो किस्ताबापतको एक अर्ब ७७ करोड डलर छिटै प्राप्त गर्ने ले जनाएको छ ।

यसअघि सन् २०१९ मा आईएमएफ र पाकिस्तानबीच ६ अर्ब डलरको ऋण सम्झौता भए पनि आधा रकम भुक्तानी गरेपछि आईएमएफले सम्झौता रद्द गरेको थियो । पाकिस्तानको ऋण तिर्ने क्षमता कम हुँदै गएको भन्दै अन्य अन्तर्राष्ट्रिय वित्तीय तथा आर्थिक साझेदार संस्थाले ऋण दिन अस्वीकार गर्दै आएका थिए ।

यसअघिका प्रधानमन्त्री इमरान खानको सरकार हुँदा सम्झौता रद्द भए पनि अहिले प्रधानमन्त्री शहबाज शरिफले पुनः छलफल अघि बढाएपछि आईएमएफ ऋण दिन तयार भएको खबरमा उल्लेख छ ।

ऋण सम्झौताले पाकिस्तानको आर्थिक सङ्कटलाई पार लगाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री शहबाजले बताए । ऋण सम्झौताका लागि कडा मेहनत गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्री शहबाजले वित्त र विदेशमन्त्रीसहित कर्मचारीलाई बधाई र धन्यवाद दिएको छ। बीबीसी हिन्दी

प्रतिक्रिया