मुसलमान नेताद्वारा ‘अमानवीय अपराध’ को छानबिन गर्न माग


काठमाडौं – भारत प्रशासित जम्मु कश्मीरमा हाल सांघातिक आक्रमणको श्रृङ्खला बढिरहेको भन्दै मुसलमान नेताहरुले चिन्ता व्यक्त गरेका छन् । जम्मु कश्मीरका ग्राण्ड मुफ्ती नासिर उल इस्लामले यस्ता ‘अमानवीय अपराध’ को छानबिन गर्न माग गरेका हुन् ।

उनले जनताको सुरक्षामा ध्यान दिई हरेक धर्मावलम्बीबीचको भातृत्व कायम गर्न समेत आह्वान गरे । उनले आतंककारीहरुले कश्मीर उपत्यकामा आक्रमणहरु बढाइरहेको भन्दै त्यहाँ मानवको रगत र मानवीयता सस्तो भएको समेत टिप्पणी गरे ।

‘इस्लाम, साँच्चै भन्दा, हरेक धर्मले हरेक मानिसको सुरक्षामा जोड दिन्छ । यदी कुनै समस्या छ भने समाधानका लागि रगत बगाउनु मानवताको विरुद्धमा छ ।’ उनले भने । उनले कश्मीर उपत्यकामा काम गर्ने मानिसहरुको सुरक्षाको जिम्मा स्थानीय जनताको पनि भएको टिप्पणी गरे ।

प्रतिक्रिया