आणविक हतियार अस्वीकार गर्न अमेरिका र इजरायल सहमत


काठमाडाैं – अमेरिकाका राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री यायर ल्यापिड आणविक हतियार विकासबाट इरानलाई एक्ल्याउन सहमत भएका छन् । इजरायल भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

दुवै नेताले आज इरानको आणविक हतियारलाई अस्वीकार गर्ने संयुक्त प्रतिबद्धतामा हस्ताक्षर गर्ने भएका छन् । यसले तेहरानसँगको विश्वव्यापी कुटनीतिमा लामो समयदेखि चलिरहेको विवादलाई पनि अन्त्य गर्नेछ ।

बुधवार इजरायली टीभीसँगको कुराकानीमा पनि अमेरिकी राष्ट्रपतिले इरानविरुद्ध बल प्रयोगको ‘अन्तिम उपाय’ का निम्ति वाशिङ्टन खुला रहेको बताए ।

विश्व शक्तिराष्ट्रहरूले पनि इरानको वर्षाैँदेखिकाे परमाणु हतियार विकासको चाहनालाई साकार पार्ने वातावरण बनाउन नहुनेमा जोड दिएका छन् । उनीहरूले प्रतिरोधभन्दा समाधानको भावनाबाट प्रेरित भएर इरानको आणविक आकाङ्क्षालाई अस्वीकार गर्नुपर्ने अभिमत व्यक्त गरेका छन् ।

प्रतिक्रिया