बालुवाटार पुगे गभर्नर अधिकारी


काठमाडौँ – प्रधानमन्त्रीले डाकेपछि राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी बालुवाटार पुगेका छन् ।

नेकपा एमालेको अर्थ विभागको सदस्यका रूपमा काम गरिरहेको भन्दै अधिकारीको एम अधिकारीका रूपमा चर्चा भइरहेको छ ।

सांसदबाटै उनलाई राजीनामा दिएर बाहिरिन सुझावसमेत आइसकेको छ । बालुवाटारले अधिकारीलाई आर्थिक अवस्थाका विषयमा ब्रिफिङका लागि बोलाएको स्रोतले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले लिएका छन् ।

प्रतिक्रिया