अर्थमन्त्रीमाथि छानबिन गर्न बनेको संसदीय समिति के गर्दैछ?


काठमाडौँ- अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर बजेट निर्माण गरेको भन्‍ने विषयमा गठित संसदीय छानबिन समितिले गत मंगलबारबाट काम सुरु गरेको छ।

संसदीय समितिले मस्यौदा निर्माण गर्ने र सीसीटीभीको अनुसन्धान गर्ने काम गरेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएर करको दरमा हेरफेर गराएको विषय बाहिर आएको थियो।

यस विषयमा बुझ्‍न अर्थमन्त्रालयको सीसीटीभी फुटेर माग गरिए पनि सबै सूचना डिलिट भइसकेको भन्दै अर्थमन्त्रालयले दिन इन्कार गरेको थियो। यसपछि उत्पन्‍न विवादले अर्थमन्त्रीमाथि चर्को विरोध भयो र उनको राजीनामा माग गरियो।

शर्माले राजीनामा दिए भने संसदीय समिति गठन भएको थियो। समितिले हालसम्म सीसीटीभीको फुटेजको निरीक्षण गरिरहेको छ भने सीसीटीभीको  माग गरेको छ।

आज समितिको सभापति चुन्‍ने कार्यसूची छ। सभापति को बन्‍ने भन्‍ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद देखिएपछि सभापति चुनिएका छैन। जेष्ठ सदस्यका आधारमा लक्ष्मणलाल कर्णले सभापतित्व गरिरहेका छन्।

गत २२ असारमा गठन भएको उक्त समितिमा ११ सदस्यीय रहेका छन् । जसअनुसार  खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, पुष्पा भुसाल, बिमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन्।

प्रतिक्रिया