काम गर्न देउ डिस्टर्ब नगर लेखेको स्टाटस बालेनले किन हटाए?


काठमाडौं- सोमबार राती काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले आफ्नो अन भेरिफाइड फेसबुक पेजमा पोष्ट भएको आक्रामक स्टाटस केही बेरमै हटाएका छन् ।

बालेन भन्ने पेजमा उनले लेखेका थिए- काम गर्न देउ, डिस्टर्ब नगर। बालेनका बालेन नामका भेरिफाइड र अनभेरिफाइड दुई वटा फेसबुक पेज रहेका छन्। बालेनको उक्त स्टाटसलाई लिएर केहीबेरमै कमेन्टको वर्षा भएको थियो।

बालेन बजेटमा समेटिएका विषयलगायत विभिन्न कारणले पछिल्लो समय विवादमा तानिएका छन्। अहिले उनले लेखेको स्टाटसको विभिन्न ट्रोलहरू बनिरहेको छ।

प्रतिक्रिया