सरकारको आग्रह: बाढीबारे ११५५ मा फोन गरेर मात्रै यात्रा सुरु गर्नुहोस्


काठमाडौं – सरकारले बाढी र पहिरोजस्ता विपद्बाट जोगिन बेलैमा सचेत हुन आग्रह गरेको छ ।

बाढी र पहिरोको जोखिमबारे पहिला नै सम्बन्धित निकायसँग जानकारी लिएर मात्रै आफू जान चाहेको ठाउँमा निस्किन आग्रह गरेको छ ।

आफू जान लागेको ठाउँको मौसम कस्तो छ र आफूले प्रयोग गर्ने बाटोमा बाढी र पहिरोको अवस्था के छ बुझेर मात्रै यात्रा सुरु गर्न राष्ट्रिय विपद् जोखिम न्यनूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ ।

“तपाईँलाई थाहा छ कतातिर पानी पर्दैछ । खहरे खोला, नदी बढेका छन् कि ?,” प्राधिकरण भन्छ, “घरगाउँबाट टाढा जान ठिक समय छ कि छैन । आफूलाई चाहिएको ठाउँको मौसमको जानकारी लिएर मात्रै यात्रा थाल्नुस् ।”

बाढीबारे ११५५ र मौसमबारे जानकारी लिन ०१-४११३१९१ मा फोन गर्न सकिने प्राधिकरणले जनाएको छ । यी नम्बरमा फोन गर्दा कुनै शुल्क नलाग्ने पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया