भर्चुअल बृहत शैक्षिक मेला आजदेखि सुरु


काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यस वर्षको बृहत १४ औं शैक्षिक मेला अनलाइनमार्फत सञ्चालन गरेकाे छ । मेला माघ २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ ।

कोरोना संक्रमण फैलन सक्ने खतराका कारण भौतिकरुपमा उपस्थित हुने अवस्था नभएपछि अनलाइनबाटै बृहत शैक्षिक मेला आयोजना गर्ने निर्णय गरिएको इक्यानका महासचिव दिपक राज भुसालले प्रेस विञप्ती मार्फत जानकारी दिएका छन् ।

मेलामा १०० भन्दा बढी नेपालमा सञ्चालनमा रहेको इक्यानका सदस्य शैक्षिक परामर्श दातृ संस्था सहभागी रहनेछन् । यस्तै, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधि पनि सहभागी हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया