हत्यारालाई सफाइ दिएका न्यायाधीश भट्टराईको जिम्मेवारी खोसियो


काठमाडौं – सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई सोमबारदेखि नै लागू हुने गरी काजमा तानेको छ ।

न्यायाधीश भट्टराईले गरेका केही फैसला विवादित भएपछि उनलाई जिल्ला न्यायाधीशको जिम्मेवारीबाट हटाएर काजमा तानिएको हो ।

स्रोतका अनुसार न्यायाधीश भट्टराईले गोली हानेर व्यवसायीको हत्या गरेको अभियोग लागेका व्यक्तिलाई प्रमाण नपुगेको भन्दै सफाइ दिएका थिए ।

पेस्तोल र गोलीसहित पक्राउ परेका आरोपितलाई सफाइ दिने फैसला विवादित बनेको थियो ।

प्रतिक्रिया