पोखरा रङ्गशालाकाे कभर्ड हलमा आगलागी, खेल स्थगित


कास्की – पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा खेल चलिरहेका बेला आगलागी भएको छ । आज आइतवार खेल चलिरहेका बेला बिजुली शर्ट भएर आगलागी भएको हो ।

कभर्ड हलभित्र सिक्स ए साइड महिला तथा पुरुष हक्की खेल चलिरहेकाे थियाे । आगलागी भएपछि खेल स्थगित भएको छ ।

पोखरा महानगरपालिकाकाे वारुण यन्त्रले आगाे निभाएकाे छ । आगलागीबाट के, कति क्षति भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया