कोरा साइकिलिङ च्यालेन्ज – २०२२ उदयपुरमा हुने


उदयपुर – उदयपुरमा कोरा साइकिलिङ च्यालेन्ज – २०२२ हुने भएको छ । जिल्ला साइकिलिङ संघको आयोजनामा असार ३२ गते चौथो संस्करणको कोरा च्यालेन्ज गर्न लागिएको हो । संघका अध्यक्ष जितेन्द्र रोईलाका अनुसार यसपटकको कोरामा ५० किलोमिटरको यात्रा तय गरिएको छ ।

सदरमुकाम गाईघाटबाट सुरु गरि जलजले-चुहाडे-रौतामाई गाउँपालिकाको मुर्कुची-सुकौरा-भान्टाबारी-राजाबासहुँदै पुनः गाईघाटमै आइपुगेर टुंगिने गरी रुढ मिलाइएको उनले बताए ।

करिब ५ घण्टाको यात्रा हुने कोरामा त्रियुगा, चौदण्डिगढी नगरपालिकाबाहेक सुनसरीको धरानबाटसमेत सहभागिता हुने जनाइएको छ । कोरामा ६० जनासम्मले सहभागिता जनाउने अध्यक्ष रोईलाले बताए । उनले भने, ‘साइकिलिङ गर्ने जिल्लामा ठू-लो संख्यामा भएपनि विविध समस्याले सबैलाई कार्यक्रममा सहभागी गराउ सकिएन।’

कोरा भन्नाले साइकिलिङको भाषामा निश्चित क्षेत्रको परिक्रमा हो । घडिको शैलीमा घुम्नु हो । साइकिलिष्टहरुले कोरामा विभिन्न स्थानको भिजिट गर्ने र प्रचार/प्रसार गर्दछन् । यसबाट पर्यटकीय सम्भावनाको खोजी, प्रचार प्रसारसँगै प्रबर्धनमा टेवा पुग्ने आयोजनको विश्वास छ ।

लामो दुरी भएकाले सहभागीहरुलाई बीच–बीचमा खाजा र खानाको व्यवस्था गरिएको छ । स्वस्थ साइकिलिङ समुदाय निर्माणको लक्ष्यसहित परोपकारिताका लागि कोष संकलनसमेत संकलन गर्ने गरिएको छ ।

यसपटक स्वर्गीय यमलाल रसाइलीको परिवारलाई सहयोग गर्ने गरी कार्यक्रम तय गरिएको छ । स्व. यमलाल साइकिलिष्ट थिए । उनको एउटा खुट्टा थिएन । एउटा खुट्टाले नै राष्ट्रव्यापी साइकिलङ गरेका थिए ।

उनी उदयपुरमा राईट टुकोशीटप्पुमा समेत सहभागी बनेका थिए । पहिलो पटकको कोरोना भाइरसको समयमा आफै मास्क सिलाएर वितरण गरेका उनले दोस्रो कोभिडबाट ज्यान गुमाउनु परको थियो । उनकै परिवारको आर्थिक सहयोगका लागि यो वर्षको कोरा च्यालेन्स समर्पित रहेको अध्यक्ष रोईलाले बताए ।

२०११ मा ३५ जनाले सुरु गरेको कोरा च्यालेन्ज देशमा १२ औं हो भने उदयपुरमा चौथौ हो । ३५ साइक्लिष्टबाट सुरुको यो यात्रा सात हजारमा पुगिसकेपछि पछिल्लो समयमा जो जहा छ त्यहिबाट कोरा च्यालेन्ज गर्न थालेको हो । यसअघिका संस्करणमा भन्दा बढीको सहभागिता रहेको थियो ।

साइकिलिङको सम्भावना राम्रो बोकेको उदयपुरमा पछिल्लो समय पर्यटनको रुपमा विकास हुँदै गएको छ । यसले स्वस्थ्य जीवनशैलीलाई प्रवद्र्धन गर्ने, जलवायु परिवर्तनलाई कम गर्ने, पर्यटन पर्वद्धनमा सहयोग पुग्ने, प्रदूषण नियन्त्रणमा सघाउ पुर्‍याउनन भूमिका निर्वाह गर्दछ ।

यो अन्तर्राष्ट्रिय स्तरमासम्म हुने गर्दछ । अन्तर्राष्ट्रि स्तरमा यो च्यालेन्जलाई हिमालको सबैभन्दा ठूलो साइकल कार्यक्रम भनेर परिचित छ । हिमालको भन्नाले हिमालै हिमालले भरिएको देश नेपाल भनेर चिनिन्छ । उदयपुरको कोरा च्यालेन्जलाई नगरपालिकालगायतका निकायहरुको पनि सहयोग रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया