आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने मेयर बालेन शाहको घोषणा


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले र्‍यापर यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने घोषणा गरेका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने जानकारी गराएका हुन् ।

मेयर शाहले यसअघि सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याएका थिए । यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताएका थिए ।

त्यसपछि सामाजिक सञ्जालमा मेयर शाहको चौतर्फी आलोचना भएपछि महानगरपालिकाको बजेट प्रयोग गरी सालिक बनाउने निर्णयबाट उनी पछि हटेका हुन् ।

मेयर शाहले लेखेका छन्, म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु । तपाईँहरूको दिन शुभ रहोस् ।’

प्रतिक्रिया