
सर्वोच्च अदालतले हरेक दिन प्रत्यक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्ने
काठमाडौं – सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्ने गरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको छ।
सर्वोच्चमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्य योजना बनाएर पुराना मुद्दा फर्स्यौट गर्ने गरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको हो ।
शुक्रवार पत्रकार सम्मेलन गर्दै सर्वोच्चले अदालतमा विचाराधीन अवस्थामा रहेका पुराना मुद्दाहरू शून्यमा पुर्याउने लक्ष्य राखेको बताएको छ ।
मुद्दाहरूलाई शून्यमा झार्न प्रतिदिन प्रत्येक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्नुपर्ने अदालतले बताएको छ । पुराना मुद्दाको चाप घटाउन शुक्रबार आधा दिनको कार्यालय समय बढाएर बेलुका ५ बजेसम्म राख्ने योजना रहेको पनि अदालतले बताएको छ ।



कागजपत्र |
