

आबेको निधनमा भारतमा एकदिने राष्ट्रिय शोक

नयाँदिल्ली – जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार दिउँसो ट्विट गर्दै आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाइने बताएका छन्।
आबेको निधनमा उनले गहिरो दुःख व्यक्त गर्दै आफू गुजरातको मुख्यमन्त्री हुँदादेखि नै आबे साथी भएको उल्लेख गरेका छन् । मोदीले आबेको निधनले आफू मर्माहत भएको बताएका छन्।
As a mark of our deepest respect for former Prime Minister Abe Shinzo, a one day national mourning shall be observed on 9 July 2022.
— Narendra Modi (@narendramodi) July 8, 2022
शुक्रबार बिहान चुनावी अभियानका क्रममा आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको थियो।
प्रहरीले आबेलाई गोली हान्ने ४१ वर्षीय शंकास्पद पुरूषलाई तत्काल पक्राउ गरिसकेको छ ।

