

नेपालमा बढ्दै संक्रमित, थप ७८ जनामा कोरोना पुष्टी हुँदा सक्रिय संक्रमित संख्या ५ सय नाघ्यो

काठमाडौं – नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५१५ जनाको नमूना परिक्षण गरिएकोमा ७८ जनामा कोरोना पुष्टी भएको छ ।
मन्त्रालयका अनुसार पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या ५ सय ८ पुगेको छ ।
गत २४ घन्टामा देशभर थप २३ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

