

नागरिकता विधेयक फिर्ता लिँदै गृहमन्त्री खाँण, पुनः नयाँ पेश गरिदैँ

काठमाडौं – लामो समय देखी बिबादमा परेर अघि बढन नसकेको नागरिकता विधेयक अन्ततः सरकारले आज फिर्ता लिने भएको छ ।
गत मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार संसदमा रहेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ नागरिकता विधेयक पेश गर्न लागेको हो ।
बिगतमा राजनीतिक दलसँग भएका सहमति अनुसारका बुदाँलाई मात्रै समेटेर सरकारले नयाँ नागरिकता विधेयक संसदमा पेश गर्न लागेको हो ।
‘जन्मसिद्धका सन्तानले कानुन नहुदाँ नागरिकता पाउन सकिरहेका थिएनन, नयाँ विधेयक ल्याउने भएपछि सो पारित भएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउनु कानुनी आधार खुल्नेछ,’ लोकतान्त्रिक समाजवादीका बरिष्ठ नेता बरिष्ठ नेता राजेन्द्र महतोले भने । उनका अनुसार जन्मसिद्धका सन्तानले बंशजले सरह नागरिकता पाउने पुर्ववतः अधिकार संसदमा नागरिकता विधेयक अड्किँदा कार्यान्वयन हुन सकेको थिएन ।
२२ गते प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका महतोलाई नयाँ नागरिकता विधेयक २३ गतेको बैठकमा पेश गर्न लागेको जानकारी गृह मन्त्री बालकृष्ण खाँडले दिएको जनाएका थिए । नागरिकता विधेयक पारित गराउनका लागि मुख्यतः लोसपा नेपाललगायत तराई मधेस केन्द्रित दलले सरकारलाई संसद र ज्ञापन पत्र मार्फत झक-झकाउँदै आएका थिए ।

