


साझाका बिजुली बसले भोलिदेखि सेवा थाल्दै

काठमाडौं – साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस भोलि विहीबारदेखि काठमाडौंंमा सञ्चालन हुने भएको छ । पहिलो चरणमा ल्याइएका बिजुली बस परीक्षण गरेर नम्बर प्लेट र रुट समेत समेत लिएर सञ्चालनमा ल्याउन लागिएको हो ।
विहीबार विहान ११ बजे साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गर्नेछन् । यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ ।
चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा यी बस तयार भएका हुन् । सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७४ वटा ठूला बस छन् ।

