

ड्रममा राखेको पानीमा डुबेर बालिकाको मृत्यु

ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।
घटनालगतै पुगेको प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयारी गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । शव परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए ।

