युक्रेनको डोनेट्स्क शहरमा रुसको भीषण बमबारी


काठमाडौं – रुसले युक्रेनको डोनेट्स्क शहरमा भीषण बमबारी गरेको छ ।

युक्रेनले पूर्वी दोनेत्स्क क्षेत्रका ३ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील समेत गरेको हो । सो शहरमा रुसी सेनाले धमाधम बम हमला गर्न थालेपछि उक्त प्रान्तका गर्भनर पाभ्लो किरिलेन्कोले मानिसलाई तथा युक्रेनी सेनाको जीवन रक्षाका लागि शहर छोड्न अपील समेत गरेका हुन् ।

सोही शहरमा बसेका मानिसका कारण युद्ध लड्न असहज भएको भन्दै उनीहरुलाई डोनेट्स्क शहर छोड्न अपील गरिएको किरिलेन्काले बताए। रुससँगको युद्धमा यसअघि नै युक्रेनका ७१ लाख मानिस विस्थापित भइसकेका छन् । बाँकी ४८ लाख मानिस पनि विस्थापित हुने अवस्थामा पुगेका छन् ।

दोनेत्स्क शहर पूर्वी युक्रेनमा रुसको नियनत्रणमा जानबाट बचेको अन्तिम शहर हो ।

प्रतिक्रिया