पेस्तोलसहित व्यापारी पक्राउ


मलंगवा – सर्लाहीको हरिवन नगरपालिकाकाबाट पेस्तोलसहित एक स्थानीय व्यापारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिवन नगरपालिका वडा नं. ११ का छोटेलाल दास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दासले सोही स्थानमा संचालन गरेको किराना पसलमा प्लाष्टिकको झोलामा लुकाई राखेको अवस्थामा पेस्तोल बरामद भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

पसलमा पेस्तोल राखेको बिशेष सुराकी आएपछि प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली १ राउण्ड बरामद भएको प्रहरीले जनाएको छ।

पेस्तोल बरामद भएपछि दासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

प्रतिक्रिया