गाल्टियरले पाए पीएसजीमा प्रशिक्षणकाे जिम्मेवारी


काठमाडौं – फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्रिस्टोफ गाल्टियरलाई प्रशिक्षक नियुक्त गरेको छ ।

अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बिदा गरे लगत्तै पीएसजीले गाल्टियरलाई प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको हो ।

अर्को लिग वान क्लब निसमा प्रशिक्षक रहेका ५५ वर्षका गाल्टियरका लागि पीएसजीले १ करोड युरो ट्रान्सफर फी तिरेको छ । उनले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

सन् २००९ देखि फ्रेञ्च क्लबमा प्रशिक्षक रहेका गाल्टियर सन् २०१३, २०१९ र २०२१ मा गरी ३ पटक लिग वानको म्यानेजर अफ द सिजन बनेका थिए ।

प्रतिक्रिया