शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न निगमको प्रस्ताव


काठमाडौं – नेपाल आयल निगमले शनिबार गाडी रहित सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव गरेको छ ।

निगमले निरन्तर कम्पनी घाटामा रहेको र निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न प्रस्ताव गरेको हो ।

यस्तै निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्न पनि प्रस्ताव गरेको छ ।

प्रतिक्रिया