धनगढीकाे नगरसभामा एमाले र माओवादीका जनप्रतिनिधिबीच विवाद


कैलाली – धनगढी उपमहानगरको आठौ नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सो क्रममा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहविना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन् ।

उ​पमेयर रानाले मेयर गोपाल हमाल र प्रशासकीय अधिकृतले एकलौटीरुपमा कुनै सल्लाह नगरेर बजेट पुस्तिका (रातो किताब ) प्रकाशित गरेको बताइन् ।

उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनिधिले कुर्सी उठाएर फालेका थिए ।

कांग्रेसले भने मेयर हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छ ।

प्रतिक्रिया