अर्थमन्त्रीले अवैधानिक रूपमा रकम निकसी गरेको भन्दै लोसपाद्वारा मधेश प्रदेश सभाको बैठक अवरुद्ध


जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।

अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् ।

बैठक सुरु हुनासाथ लोसपा सांसद परमेश्वर साहले सप्तरीमा विनियोजन गरेको २० करोड रुपैयाँबारे जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका थिए । यसपछि सभामुख सरोज यादवले अर्थ मन्त्री साहलाई जवाफ दिन भनेपछि साहले प्रकृया पु¥याएर नै आफूले बजेट दिएको बताए ।

उनले सप्तरीका बासिन्दा बाढीको चपेटामा रहेकाले त्यसबाट बचाउन आफूले बजेट दिएको बताए । सप्तरीको सिंचाइ कार्यालयले माग गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय बमोजिम यो बजेट उपलब्ध गराइएको उनले दाबी गरे ।

उनले कार्य सम्पन्न गर्दै गएपछि अपुग हुने बजेट अर्थ मन्त्रालयले व्यवस्थापन गर्ने भनिएकाले अपुग भएको रकम प्रकृया पु¥याएर नै दिइएको बताए ।

प्रतिक्रिया