पहिराे जाँदा सिस्ने गाउँपालिका-३ को कार्यालयमा क्षति


रुकुम पूर्व – बिहान ठूलो ढुङ्गा खसेर लाग्दा रुकुम पूर्वको सिस्ने गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा क्षति पुगेको छ ।

कार्यालयभन्दा माथिबाट खसेको ढुङ्गा कार्यालयमा आउँदा वडा कार्यालयको बैठक हलको दुईतर्फको भित्ता भत्किएको छ ।

वडाअध्यक्ष हेराम खड्काले ढुङ्गाले गेट भत्काएर वडा कार्यालय समेत क्षति गरेको बताउनुभयो । उहाँले माथिबाट आएको ढुङ्गाले पक्की भवन रहेको कार्यालयको बैठक कक्षको दुवै तिरको भित्ता फोडेको जानकारी दिए ।

ढुङ्गाले गेट, दुई तिरको भित्ता, बैठक कक्षमा भएका कुर्सी, तारबार लगायतमा क्षति गरेको छ । दुई वर्षअघि निर्माण गरिएको एक तले वडा कार्यालयमा चार वटा कोठा रहेका छन् ।

प्रतिक्रिया