

विवाह गर्ने उमेर २० वर्षबाट नघटाउन अन्तरधार्मिक सञ्जालको माग

काठमाडौं -राष्ट्रिय अन्तरधार्मिक सञ्जाल नेपाल ९निरन०ले विवाहको उमेर २० वर्षबाट नघटाउन माग गरेको छ।
विवाह गर्ने उमेर घटाउने बहस चलिरहँदा निरनले विज्ञप्ति निकालेर वैज्ञानिक, सामाजिक र धार्मिक कुनै पनि दृष्टिले उपयुक्त नहुने बताएको हो।
‘नेपालमा सरोकारवालाहरूको लामो प्रयासबाट विवाहको उमेर २० वर्ष निर्धारण गरिएको हो’ सचिव ईसुजंग कार्कीले भनेका छन्, बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक तथा आर्थिक अवस्था सक्षम भएपछि विवाह गर्नु उपयुक्त हुन्छ।’
निरनले नेपालमा प्रचलित धर्म समुदाय बीचको सद्भाव कायम गर्दै बालविवाह लगाएतका परम्परागत हानिकारक अभ्यास अन्त्य गर्न विभिन्न जिल्लामा रहेका आफ्ना सञ्जालमार्फत धर्मगुरुहरूलाई परिचालन गर्दै आएको दाबी गरेको छ।

