गौतमलाई निष्कासन गरेको भन्ने समाचार गलत : पाण्डे


काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले अभियानका सचिवालय सदस्य युवराज सफलले जिम्मेवारी राजीनामा दिएको बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै अभियानका सचिवालय सदस्य समेत रहेका पाण्डेले सो कुराको जानकारी दिएका हुन् ।

प्रचार विभाग प्रमुख पाण्डेले युवराजको राजीनामा असार १७ गते अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले स्वीकृत गर्ने निर्णय समेत भएको जानकारी दिएका छन् ।

अभियानबाट राजीनामा दिइसकेका सफल नेतृत्वको टिमले संयोजक गौतमलाई निष्कासन गरेको भन्ने समाचार गलत भएको समेत पाण्डेले बताएका छन् ।

प्रतिक्रिया