कोरोना कहर : भारतमा एक करोड पाँच लाख संक्रमित


coronavirus-2019-ncov-virus-background-with-disease-cells-red-blood-cell-covid-19-corona-virus-outbreaking-pandemic-medical-health-risk-concept_139523-184

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या बिहीबारसम्म एक करोड पाँच लाखभन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा १६ हजार ९४६ नयाँ संक्रमित फेला परेपछि कुल संख्या एक करोड पाँच लाख १२ हजार ९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट १९८ जनाको मृत्यु भएको छ। जससँगै मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ७२७ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ४६ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन्। हाल भारतमा दुई लाख १३ हजार ६०३ सक्रिय संक्रमित रहेका छन्।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ३५७ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ११ जनाको मृत्यु भएको छ। भारतीय सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिँदै आएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १८ करोड ४२ लाख ३२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। हिजो बुधबार मात्र एकै दिनमा आठ लाख ४३ हजार १९१ जनाको कोभिड–१९ परीक्षण गरेको छ।

प्रतिक्रिया