भूतको डरले स्थास्थ्य चौकी जाँदैनन् गर्भवती महिला


काठमाडौँ- हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन्। काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र छ। गर्भावस्थामा गराउनुपर्ने सबै परीक्षण गराए पनि प्रजननका लागि स्वास्थ्य केन्द्र जान मान्दैनन्।

५० घरधुरी र २३० भन्दा बढी जनसङ्ख्या भएको खार्पुनाथ गाउँपालिका–३, काराङका गाउँवासीले काराङ खोलाको भूतले जन्मेको बच्चालाई खाइदिन्छ भन्ने विश्वास राख्दै आएका छन्।

त्यसैले नवजात शिशुलाई काराङ खोला तराउने आँट यहाँका बासिन्दाले देखाउन सकेका छैनन्। सन्तान नजन्मिँदा देवीदेउतालाई भाकल गर्ने र बोका चढाउने यहाँको समाजले नवजात शिशुको सुरक्षाका लागि भन्दै खोला तर्न मान्दैनन्।

राया स्वास्थ्य चौकीका संयोजक वीरसिंह रावलले खोलाको बाटो भएर हिँड्नुपर्ने भएपछि कोही पनि गर्भवती बच्चा जन्माउनका लागि स्वास्थ्य केन्द्र आउन नमानेको बताए।

प्रतिक्रिया