हिमाली क्षेत्रमा धुमधामका साथ तोल ल्होसार पर्व मनाइँदै


काठमाडौं –हिमाली क्षेत्रमा आज तोल ल्होसार पर्व मनाइँदैछ । भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि समुदायले यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउछन् ।

हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ लगायत हिमाली भेगमा तोल ल्होछार पर्व मनाउने गरिन्छ । तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसार मानिन्छ । तोलको अर्थ समयचक्र भन्ने हुन्छ ।

पुस शुक्ल प्रतिपदाको दिनमा मनाइने यो पर्वमा आगन लिपपोत गरी चोखो बनाएर पूजाआजा गरी मान्यजनबाट आर्शिवाद लिने र बाबरी रोटी, फुरौला, कन्दमुल आदि प्रसादका रुपमा खाने चलन छ ।

लामा पुरोहित वा घरको मुलीबाट गहुँको पिठो आकाशतर्फ उडाएर देवताको पुजापाठ गरिने यो पर्वमा यसो गर्नाले देवताको विजय र भुतप्रेतको हार हुने विश्वास छ ।

प्रतिक्रिया